चितवन– काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिएको छ ।


ADVERTISEMENT


नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गरेको हो । बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३० बजे भरतपुरबाट पोखरा उड्ने छ । बुद्ध एयरले बिचक्राफ्ट सञ्चालन गर्दैछ जसमा १८ यात्रु अट्ने छन् । भाडादर एकतर्फी रु तीन हजार ६०० कायम गरिएको बस्नेतले बताए।


ADVERTISEMENT

# # #


पोखरा–भरतपुर हवाई सेवा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकका कारण आउन नचाहेका पर्यटक भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ । चितवनमा कास्की, बागलुङ, तनहुँ, पर्वतलगायत जिल्लाबाट बसाइँसराइ गरी आउने र व्यवसाय गर्नेको संख्या बढी भएकाले उडानलाई व्यावसायिक सफलता मिल्ने अपेक्षा गरिएको छ । बस्नेतले निरन्तर उडानका लागि आवश्यक प्रचार र सहयोगको खाँचो हुने बताए ।

पोखरा भरपुरका लागि विहान १० बजे, भरपुर पोखरा १०ः३५, पोखरा भैरहवा ११ः१० र भैरहवाबाट पोखरा ११ः४० मिनेटमा पोखराका लागि उठान भर्ने बुद्ध एयरका पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए । पोखरा भरतपुरका लागि एकतर्फी नेपालीका लागि ३६ सय ५० र विदेशीका लागि ९२ अमेरीकन डलर शुल्क तिर्नुपर्ने बताए ।

त्यस्तै पोखरा भैरहवाका लागि नेपालीलाई ४२ सय र विदेशका लागि ९७ अमेरिकी डलर शुल्क तोकेको छ ।