काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा हेरफेर गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गरेकी हुन् ।


ADVERTISEMENT


राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार विष्णु पौडेल अर्थमन्त्री र सूचना तथा पार्वत गुरुङ सञ्चार प्रविधि मन्त्री बनेका छन् । यस्तै शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ आएका छन् ।


ADVERTISEMENT

# # #


पूर्व अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभामा कार्यकाल सकिएसँगै एक महिनाभन्दा बढी समयदेखि अर्थ र सञ्चार मन्त्रालय मन्त्री बिना नै चलिरहेका थिए ।

गुरुङ यसअघि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका थिए ।  गुरुङ सञ्चारमन्त्री बनेसँगै लिलानाथ श्रेष्ठ उनको स्थानमा आएका छन् ।

यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलको मन्त्री पद खोसिएको छ । उनी अब उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा रहनेछन् । यसअघि उनी रक्षामन्त्री समेत थिए ।

रक्षा मन्त्रालय प्रधानमन्त्री ओली आफैले राखेका छन् ।