काठमाडौँ – भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् ।


ADVERTISEMENT


उनको नेपाल भ्रमण कार्तिक महिनामा हुन लागेको नेपाली सेनाले जनाएको छ । यसबारे मन्त्रिपरिषद्ले नै गत वर्ष माघ २० मा निर्णय गरेको थियो । तर, कोरोना महामारीका कारण दुवै देशमा लकडाउन भएपछि स्थगित हुन पुगेको थियो ।


ADVERTISEMENT

# # #


भ्रमणमा राष्ट्रपति श्रीमती विद्या देवी भण्डारीद्वारा जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । देबै देशका सेना प्रमुख एकअर्का देशका सेनाको मानार्थ सेनापति हुने प्रचलन रहेको छ ।

नरावणे ३१ डिसेम्बर २०१९ मा भारतीय सेनाका २७ औँ स्थलसेनाध्यक्ष बनेका थिए ।