काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या ७८ हजार ७ सय ८० जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६८.३ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १५ हजार ५ सय ७७ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १२ लाख ७ हजार ९१ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार ७ सय ९५ जना रहेका छन् भने ३५ हजार ९ सय १५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । २० हजार ८ सय ६७ जना होम आइशोलेसनमा रहेका छन् भने १५ हजार ४८ जना संस्थागत आइशोलेसनमा छन् ।

कुल संक्रमित मध्ये ६६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मत्यु भएको छ ।