काठमाडौँ – सरकारले काठमाडौँ उपत्यका भित्रका सबै सरकारी अस्पतालहरुलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका लागि आईसीयू र भेन्टिलेटरको उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय गरेको हो । यस्तै मन्त्रालयले सबै अस्पतालमा आकस्मिक बाहेकका शल्यक्रिया (अपरेसन) नगर्न निर्देशन दिएको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न पाउने अनुमति समेग प्रदान गरेको छ । यस्ता होटेलहरुमा कोरोना संक्रमितबाहेक अन्यलाई राख्न पाइने छैन ।

काठमाडौँको मनमोहन शिक्षण अस्पताल दहचोक र राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा रहेका आइसोलेशन सेन्टरलाई लक्षणसहितका कोरोना सङ्क्रमित राख्नको लागि कोभिड अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।