काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ५२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या ७५ हजार ८ सय ४ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७०.३ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ४ सय २७ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ११ लाख ७६ हजार ९८४ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार ६ सय १३ जना रहेका छन् भने ३१ हजार ३ सय १५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । १७ हजार ६ सय ६६ जना होम आइशोलेसनमा रहेका छन् भने १३ हजार ६ सय ४९ जना संस्थागत आइशोलेसनमा छन् ।

कुल संक्रमित मध्ये ६३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मत्यु भएको छ ।