सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।


ADVERTISEMENT


शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको यो नेपालमै पहिलो घटना हो ।