काठमाडौँ – आन्तरिक राजस्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले कलाकार हरिबंश आचार्यलाई गुर्जोको बोट उपहार दिएका छन् ।


ADVERTISEMENT


कोरोना संक्रमित भई हाल आइसोलेशनमा रहेका आचार्यलाई गुर्जोको बिरुवासहित चिया एवं धूलोसमेत उपलब्ध गराइएको हो । आचार्यका छोराले कुपण्डोलमा चलाइरहेको दृग क्याफेमा पुगी राजलवट १०० बोट गुर्जो वितरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन हरिबंशलाई सहित गरी शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ ।

रजलवटकाअनुसार हालसम्म देशभर गरी ९५ हजारभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिएको छ।