झापा – जिल्लाको भद्रपुर २ देउनियाबाट प्रहरीले प्रतिवन्धित लागू औषधसहित १ जना पक्राउ गरेको छ ।


ADVERTISEMENT


देउनिया पुलस्थितमा खटिएको शसस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा भद्रपुरका १९ वर्षीय आजम दाहाललाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


चेकजाँच गर्ने क्रममा प्रहरीले दाहालको साथबाट लागूऔषध डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागूऔषध बरामद गरेको छ ।

निजलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।