मोरङ – मोरङ जिल्लामा साबुन पानीले हात धुने अभियानको शुरु गरिएको छ । मोरङको बेलबारी नगरपालिका र रतुवामाई नगरपालिकाबाट अभियानको औपचारिक थालनी गरिएको हो ।


ADVERTISEMENT


बेलबारी नगरपालिकाको वडा नं। ९ मा आयोजना गरिएको औपचारिक थालनी कार्यक्रममा विहान अपांगता भएका ९ जना बालबालिकाले साबुन पानीले हात धोएर अभियान शुरु गरिएको हो । मोरङ जिल्लामा विश्व हात धुने दिवस २०२० को अवसरमा एक लाख घरधुरीमा साबुन पानीले हात धुवाउने लक्ष्य लिइएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी, मोरङकै रतुवामाई नगरपालिका वडा नं। ७ मा रहेको स्वास्थ्य चौकीमा साबुन पानीले हात धोएर हात धुने अभियानको औपचारिक थालनी गरिएको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख, नगरपालिकाका कर्मचारी र स्वास्थ्य संस्थाका कर्मचारी, स्थानीय बासिन्दा लगायतले स्वास्थ्य सेवा केन्द्रहरु सफाइ गर्नुका साथै साबुन पानीले हात धोएर अभियानको औपचारिक थालनी गरिएको थियो ।

अक्टुबर १० देखि १५ सम्म घरधुरीमा केन्द्रित भएर सबै घरधुरीमा अभियान सञ्चालन गरिने सरसफाइ अभियानका कार्यक्रम अधिकृत शर्मिला चौधरीले बताइन् । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था नारी विकास संघको सहजीकरणमा पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेका स्थानमा साबुन पानीले हात धुने महाअभियान सञ्चालन गरिएको छ ।