काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६ सय ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार २ सय ७९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ११ लाख ४५ हजार २ सय ३७ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् भने २७ हजार ५३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । १५ हजार ८ सय ७७ जना होम आइशोलेसनमा रहेका छन् भने ११ हजार १ सय ७६ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ७३ हजार २३ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ६०० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मत्यु भएको छ ।