बुटवल – प्रदेश ५ को नाम लुम्बिनी राख्ने बनाउने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ ।


ADVERTISEMENT


मंगलबार प्रदेश सभा बैठकमा प्रदेशका आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले भगवान् गौतम बुद्धको जन्मस्थलको लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीको रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामाकरण भन्ने प्रस्ताव पेश गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रदेशसभा बैठकमा उपस्थित कुल ८३ जना सदस्यमध्ये ७९ जना सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेसँगै प्रदेशका सभामुखले नेपालको संविधानको २९५ को उपधारा २ बमोजिम उक्त मन्त्री केसीले पेस गरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

प्रस्तावको विपक्षमा ४ जनाले मतदान गरेका थिए । प्रदेश नं. ५ को प्रदेशसभामा कुल ८७ जना सदस्य रहेका छन् ।