बुटवल – प्रदेश ५ को स्थायी राजधानी तथा नामकरणलाई लिएर प्रदेश सभामा दर्ता भएको प्रस्तावमाथि छलफल सुरु भएको छ।


ADVERTISEMENT


१२ बजेका लागि तय भएको बैठक विवादका बीच डेढ घन्टा ढिला गरी सुरु भएको छ । आजै प्रदेश सभाबाट यो विषयमा टुंगो लगाउने तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #


कार्यसूची अनुसार प्रदेशसभामा विपक्षी दलका नेता एवं कांग्रेस संसदीय दलका प्रमुख वीरेन्द्रकुमार कनौडियाले धारणा राखिसकेका छन् । उनले छलफल सहमतिमा पुग्न नसकेको र सरकारको प्रस्तावका विपक्षमा मतदान गर्न कांग्रेसले ह्वीप लगाएको भन्दै आफूहरुको विरोध जारी रहने बताएका छन् ।

अहिले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले धाराणा राखिरहेका छन् । पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दैछन् ।