काठमाडौं – बैंक अफ काठमाण्डु लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ ।


ADVERTISEMENT


बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो ।