काठमाडौँ – सरकारले राजदूतमा सिफारिस गरेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेको पूर्व अर्थमन्त्री युवराज खडिवडासहित ३ जनालाई राजदूत बनाउने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषदबाट सिफारिस तीन जना राजदूतको संसदीय सुनुवाइ अघि बढाउन सरकारले संघीय संसद् सचिवालयम पत्राचार गरेको छ ।


ADVERTISEMENT


संसदीय सुनुवाइ समितिमा आइतबार पत्र पुगेको हो ।


ADVERTISEMENT

# # #


खडिवडालाई अमेरिकाका लागि, मुख्यसचिवबाट राजिनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि र निमर्भलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि मन्त्रिपरिषद्ले असोज १५ गतेको राजदूत सिफारिस गरेको थियो ।

सरकारको सिफारिसअनुसार प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया तत्काल अगाडि बढाइने संघीय संसद सचिवालयले जनाएको छ।