काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।


ADVERTISEMENT


शनिवार एक सन्देश पठाउँदै उनले ट्रम्प र ट्रम्पकी पत्नी मेलानियाको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।


ADVERTISEMENT

# # #


ट्रम्पलाई पठाइएको सन्देशमा उनले कोरोना भाइरस नियन्त्रणका लागि ठोस कदम आवश्यक रहेको बताएकी छन् । उनले नेपाल अमेरिका बीचको सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने सन्देशमा लेखेकी छिन् ।

ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।