काठमाडौं । महानगरीय प्रहरी बृत्त जनसेवा काठमाडौंले सात लाख पचास हजार बराबरको मोबाइल तथा क्यामेरा चोरी गर्ने व्यक्तिहरु पक्राउ गरेको छ । काठमाडौंको व्यस्त बजार न्युरोडबाट इलेक्ट्रोनिक्स सामान चोरीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको जनसेवाका प्रहरी प्रमुख डीएसपी सुशिलजंग शाहले हिमालयपोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा काभ्रे स्थायी घर भइ काठमाडौं ३२ बर्षका प्रकाश तामाङ, २१ बर्षका जनक तामाङ, २९ बर्षकी सोमा रानी तामाङ, दोलखा स्थायी घर भइ काठमाडौं बस्ने ४० बर्षकी छिरिङ शेर्पा र नुवाकोट स्थायी घर भइ काठमाडौं बस्ने २२ बर्षका अमृत राइ रहेका छन्।


ADVERTISEMENT

# # #


न्युरोडको पाकोमा रहेको ताम्राकार कम्प्लेक्सबाट चोरी भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

चोरीमा संलग्न पाँचै जनाको अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको डीएसपी शाहले जानकारी दिएका छन् ।