काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स अस्पतालबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमासम्म हयाम्स अस्पतालबाट नगदरहित हस्पिटलाईजेशसन सुविधा प्राप्त गर्न सकिने छ ।

सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठले ह्याम्स हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखे । उनले अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसकिने भएकाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।