काठमाडौँ – विभिन्न समयमा सञ्चारमाध्यमसँग असन्तुष्टि पोखिरहने प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमप्रति फेरि असन्तुष्टि पोखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा सञ्चारमाध्यमले सरकारले गरेका राम्रा काम नदेखी गलत प्रचार मात्र गरेको आरोप लगाउँदै उनले सञ्चारमाध्यमको आलोचना गरे ।


ADVERTISEMENT


आफूले ५५ वर्ष प्रेस स्वतन्त्रता र गणतन्त्रका लागि लडाइ लडेको भन्दै उनले सञ्चार क्षेत्र आफूविरुद्ध लागेको आरोप लगाए ।
उनले भने, ‘एउटा चर्चा चलाउन खोजिएको छ कि अहिलेको सरकार मिडियासँग चर्चा गर्दैंन, दुस्मनी गर्छ ।’


ADVERTISEMENT

# # #


गणतन्त्र दिवसका दिन सञ्चारमाध्यममा आएका समाचारहरुमाथि असन्तुष्टि जनाउँदै उनले पत्रकारलाई संविधान दिवस सरकारको मात्र हो भनेर प्रश्न गरे । कोरोना महामारीपछि सयौँ श्रमिक रोजगारी गुमाएर सडकमा पुगेका छन् । उनीहरु कहिले कहाँ त कहिले कहाँ पुगेर दाताले दिएको खानाले पेट भरिरहेका छन् । विगत ६ महीनादेखि खुलामञ्चमा विभिन्न दाताहरु मिलेर श्रमिकलाई खाना खुवाइरहेका छन् । संविधान दिवस मनाउन राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्व आउने भन्दै सुरक्षाकर्मीले खुलामञ्चबाट दाता र श्रमिकलाई लखेटेका थिए । उक्त दिनको रिर्पोटिङलाई लिएर प्रधानमन्त्रीले सञ्चारमाध्यमसँग असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘‘सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि, यसो छोयो भनेदेखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो,’ उनले भने, ‘सञ्चारमाध्यमले सरकारलाई भनेको भन्यै गर्ने, यसो नगर्नुस् न भन्दा सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दिएँ भने सहन्नँ भनिहाल्ने?’ उनले अघि बढ्न खोजिरहेको सरकारको खुट्टा तान्ने प्रवृत्ति सञ्चारमाध्यममा देखिएको आरोप समेत लगाए । सम्पादकहरुसँगको भेटघाटमा उनले बाकसमा रहने भ्यागुताको कथा समेत सुनाउन भ्याए ।