चितवन – गत असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा केपी शर्मा ओलीले भारत नभई माडीको अयोध्यापुरी श्रीरामको जन्मस्थल रहेको बताए । यति मात्र होइन प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दावी गर्दै अयोध्यापुरीमा राम मन्दिर बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन पनि दिए ।


ADVERTISEMENT


प्रधानमन्त्रीले त्यहाँका जनप्रतिनिधिलाई भेटेर मास्टर प्लान बनाइ मन्दिर निर्माणको काम थालनी गर्न निर्देशन दिएकोमा त्यहाँका जनप्रतिनिधिले राम मन्दिर निर्माणका लागि १०० विघाह जमिन छुट्टाएका छन् । मंगलवार चितवनको बसेको माडी नगरपालिकाको वैठकले राम मन्दिरसहितको अयोध्याधाम निर्माणका लागि वडा नं. ८ र ९. मा सो बराबरको जमिन छुट्टाएको हो ।


ADVERTISEMENT

# # #


नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले प्रधानमन्त्रीको निर्देशनबमोजिम अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम अघि बढाइएको बताए ।, ‘वडा न. ८ र ९. को १०० विघाह जमिन प्रयोगमा ल्याउने सहमति जुुटेपनि केही कारणले त्यो जमिन प्रयोगमा ल्याउन सकिएन भने वडा न. १ र ७ को शिव मन्दिर क्षेत्र र ९ को गणेशकुञ्ज पनि प्रयोगमा ल्याउने सकिने सहमति भएको छ,’ उनले भने । उनले राम मन्दिर निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन बनाइ छिट्टै निर्माण कार्य अघि बढाइने जानकारी दिए ।