काभ्रे – प्रहरी उपरीक्षक (एसपी) रवि कुमार पौडेल जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख भएपश्चात ११ करोड ८४ लाख ३७ हजार ५ सय २६ राज्यकोषमा जम्मा भएको छ । २०६७ मँसिर २७ गते देखि हाल सम्म जरिवाना असुल बापत सो बराबरको रकम उठ्ने गरी काभ्रे प्रहरीले काम गरेको हो ।


ADVERTISEMENT


एसपी पौडेलको नेतृत्वमा अपराध अनुसन्धान क्षेत्रमा काभ्रे अग्रणी बन्नुका पछाडी त्यहाँ हुनेगरेका धेरै आपराधिक गतिबिधिहरुको नियन्त्रण, ठूला फरार अभियुक्तहरु पक्राउमा सफलतामा मिल्नु हो । यस्तै, प्रहरी जवान तथा जुनियर प्रहरी अधिकारीहरुको मेशमा फर्निचर व्यबस्थापन देखि समीक्षालय निर्माण, सभा हल व्यवस्थापन, चमेना गृह निर्माण, हिरासत व्यबस्थापन सुधार लगायतका आन्तरिक कामहरुले समेत काभ्रे प्रहरीमा उर्जा बढेको हो । कार्यालय सुधार तर्फ भएका कामहरुमा कार्यालय प्रमुखको कार्य कक्ष निर्माण, अपाङ्ग मैत्री सेवाग्राहीहरुको लागि शौचालय निर्माण, नागरिक सहायता कक्ष पुननिर्माण, गाडी ग्यारेज निर्माण लगायतका कामहरुले काभ्रे प्रहरीको आन्तरिक मुहार चम्किलो बनेर फेरिएको छ ।


ADVERTISEMENT

# # #


परिणामत उच्च मनोबल, आत्मम्मान, पूर्ण कार्यक्षमता र कर्तव्यनिष्ठाका साथ काम गर्ने वातावरणमा एसपी पौडेल लगायत सबै प्रहरी अधिकारीहरुले कार्यसम्पादन गरिरहेको तथ्य आफैंले पुष्टि गर्छ । यस्मा महत्वपूर्ण भूमिका देखिन्छ एसपी पौडेलको नेतृत्व क्षमता, स्वभाव, आध्यात्मिक चेत, समस्यामा व्यवहारिक समाधान र प्रकृतिपदत्त कार्यशैली ।

गत असोज ६ गते मात्रै झण्डै १२ करोड जरिवाना र ३ वर्ष जेल सजायकी लामो समय देखि फरार अभियुक्त जयन्ती केसीलाई काभ्रे प्रहरीले पक्राउ गरी अदालतको फैसला पछि जेल चलान गरिएको छ । यस प्रकार जिल्ला प्रहरी कार्यालय काभ्रेमा आपराधिक कर्मको निरुत्साहन र शान्ति सुरक्षाको प्रबन्धका लागि भएका कामहरुको फेहरिस्त लामो छ ।

पौडेल नेतृत्वका समयमा जम्मा २ सय ९८ मुद्दा परेकामा फर्छौट संख्या १४९ रहेको छ । पुरुष १ सय ८० र महिला ७ गरी जम्मा १ सय ८७ पक्राउ परेका छन् । फरार भएकाहरुमा ६२ पुरुष र १ महिला सहित ६३ जना पक्राउ परेको तथ्यांक छ ।

यस्ता छन् एसपी पौडेल नेतृत्वमा काभ्रे प्रहरीले गरेका काम :

फैसला कार्यन्वयन : २५ जना

फर्छौट कैद :  १५ वर्ष ७ महिना ११ दिन

पेण्डिङ्ग मुद्दा फर्छौट विवरण

कर्तव्य ज्यान ५, जबरजस्ती करणी ४, ठगी १, बहुबिवाह १, बैकिङ्ग कसूर ४, बिष्फोटक पदार्थ २, झुण्डिएर मृत्यु ३४, बिषादी सेवन गरेर मृत्यु १५, भबितव्य ज्यान सबै १५, फुटकर ज्यान १५, ज्यान मार्ने उद्योग १ गरी जम्मा ९७ वटा ।

अबैध जुवा तास

बिभिन्न स्थानहरुमा अबैध जुवा तास खेल्ने खेलाउने खालबाट रु २१,३८,२३० रकम सहित ५४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात सम्बन्धित निकायमा पेश गरीएको ।

केहि मुख्य घटना अनुसन्धान

२०७६।०७।१९ गते नमोबुद्ध ८ डराउने पोखरी स्थित दम्पतिको धारिलो हरियार प्रहार गरी हत्यामा संलग्न फरार रहेका दुई जना अभियुक्त सुमन राई र किरण कुमार मगरलाई मिति २०७६।०९।१५ गते पक्राउ आवश्यक अनुसन्धान पश्चात अदालतको २०७६।१०।१४ गतेको आदेशले दुबै जना हाल पुर्पक्षको लागि थुनामा ।

२०७६।१०।२९ गते मण्डन देउपुर नगरपालिका ३ को वल्देउ टोल स्थित नयांगाउँमा वर्ष २९ को सन्त बहादुर तामाङ् सडक छेउमा शंकास्पद रुपमा मृत अवस्थामा फेला परेको, घटनामा संलग्न बा ४ ख ६ नम्बरको मिनी ट्रक सहित प्रतिवादीहरुलाई पक्राउ गरी हाल पुर्पक्षको लागि थुनामा ।

२०७६।०६।१३ गते बेलुकी बलेरोमा राखी बनेपा नपा ७ स्थित काभ्रे क्याम्पस भन्दा माथि जंगलमा लगी सोही गाडी भित्र जबरजस्ती करणी गरी फरार रहेका ३ जना प्रतिवादीहरु सबिन गौतम, सबिन दुलाल र हाल नाम परिवर्तित आब २०७६।०७७ को जिल्ला ३० चोकटी ४ समेत पक्राउ, सबै प्रतिवादीहरु मिति २०७७।०१।२५ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरीएकोमा सबै प्रतिवादीहरु हाल पुर्पक्ष थुनामा कारागार कार्यालय काभ्रेपलाञ्चोक थुनामा पठाईएको ।

२०७७।०२।२८ गते राती तेन्डेल हार्डवेयरको काउण्टरमा रहेको नगद रु ९,०४,२७५ चोरी गरी लगेको घट्ना सम्बन्धमा चोरी गरी फरार रहेका बर्ष २७ को प्रकाश जंग कुँवरलाई नवलपरासी सुनवलबाट र बर्ष ३६ को प्रकाश भण्डारीलाई काठमाण्डौ टोखाबाट लुकिछिपी बसेको अबस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात पेश गरि १ जना धरौटीमा छुटेको र १ जना पुर्पक्ष थुनामा ।

२०७६।०९।२९ गते बनेपा नपा ८ बसपार्कबाट अबैध भन्सार छली गरी ल्याएको बिभिन्न कम्पनीको मोबाईल थान ३० रु. ९,४८,८०० बराबरको मोबाईल सहित पसल सञ्चालकहरु बर्ष २६ को सुदिप दाहाल र बर्ष २२ को सुनिल खनाललाई पक्राउ गरि आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरन काठमाण्डौ बुझाईएको ।

२०७६ कार्तिक २८ गते काभ्रे जिल्ला धुलिखेल नपा ६ स्थित साफिनो सामुदायिक बनमा घुम्न जाँउ भनि १६ बर्षकी किशोरीलाई पालैपालो जबरजस्ती करणी गरी सो को भिडियो समेत बनाई आफ्ना साथीहरुलाई समेत म्यासेन्जर मार्फत पठाउने फरार दुईजनालाई २०७७।१०।२८ गते पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात पेश गरिएकोमा मिति २०७६।११।१८ गतेको आदेशले दुबै प्रतिवादीहरु बाल सुधार गृह सानोठिमी भक्तपुर पुर्पक्ष थुनामा पठाईएको ।

२०७६।११।१९ गते राती धुलिखेल६ सिन्धु भोजनालयमा मजदुरी काम गर्ने वर्ष २० की महिलालाई होटल साहु राज कुमार कार्कीले होटलको ढोकाको चुकुल लगाई होटल कोठाको प्यासेज भित्र लडाई जबरजस्ती करणी गरेको घट्नाको अनुसन्धानको सिलसिलामा पक्राउ गरी २०७६।१२।०६ गतेको आदेशले हाल पुर्पक्ष थुनामा ।

२०७७।०५।२४ गते पाँचखाल १२ देवभुमी घर हुने वर्ष २३ को राज कुमार दनुवारलाई धुलिखेल ४ स्थित २८ किलोमा नामथर वतन नखुलेका ४ र ५ जनाको समुहले अपहरण गरी बन्धक बनाई रु ५०,००० माग गरेकोमा पीडितलाई सकुशल उद्दार गरी घट्नामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्दै जाने क्रममा आकाश परियार, उमा परियार सविना तामाङ्गलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा आवश्यक अनुसन्धान भईरहेको ।

२०७७।०४।१५ गते बिपि राजमार्ग सडक खण्डबाट पाँचखाल जाने भित्री कच्ची सडक खण्डमा पुरुषको मृत लाश फेला परेकोमा अनुसन्धानबाट धुलिखेल ११ बस्ने सन्जिव मैनाली र रुपेन्द्रमान लामालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान पश्चात पेश २०७७।०५।०५ गतेको आदेशले दुबै प्रतिवादी पुर्पक्ष थुनामा ।

२०७७।०५।१८ गते नमोबुद्ध ८ दाप्चा स्थित अधिकारी टोलमा शंखर अधिकारीकी श्रीमती रन्जना तिमल्सिना अधिकारीलाई जिल्ला नमोबुद्ध नगरपालिका ८ दाप्चा स्थित अधिकारी टोल बस्ने आमन्ती नाथ अधिकारीको नाती बिष्णु प्रसाद अधिकारीको छोरा बर्ष ४२ को सुदर्शन अधिकारी ९मृतक रञ्जना तिमल्सिना अधिकारीको जेठाजु० लाई घट्नामा प्रयोग भएको बन्चरो सहित घट्नास्थलबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भईरहेको ।

नेपाल सरकारबाट प्रतिबन्धित बिप्लव समुहबाट यस जिल्ला स्थितमा बिभिन्न घट्नामा संलग्न रही फरार रहेका चन्द्र बहादुर चन्द समेत ७ जनालाई पक्राउ गरी बिष्फोटक पदार्थ (संगठित अपराध) मुद्दामा आवश्यक अनुसन्धान पश्चात सम्बन्धित निकायमा पेश गरिएको ।

काभ्रेका बिभिन्न स्थानमा आफै उम्रिएका ३२९ रोपनी क्षेत्रफलमा २५२१०० बोट हरियो गाँजाका बोटहरु नष्ट गरिएको ।

बिभिन्न स्थानमा चेकजाँचको क्रममा ४०९६० लि अबैध घरेलु मदिरा नष्ट गरिएको ।

२०७६।०९।१२ गते कबिन मानन्धरले चलाएको मोटरसाईकलको पछाडी सवार सुनिल अवालले लुकाई छिपाई ल्याई रहेको अबस्थामा ३२५ ग्राम फेला । आवश्यक अनुस्धान पश्चात मिति २०७६।१०।२० गतेको पत्र आदेशले अभियुक्तहरुलाई जनही रु २०,००० धरौटी दाखिला ।

२०७६।०९।२१ गते बेलुकाको बनेपा १० पुलबजारको नेवारी खाजा घरमा अबैध रुपमा होटल सञ्चानलन गरी यौन ब्यापार गर्ने श्यामकृष्ण श्रेष्ठ र सोही होटलमा काम गर्ने सुमि थापा मगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात सम्बन्धित निकायमा पेश गरिएको ।

२०७६।०९।२२ गते दिउँसो साँगामा सुशिल तमर्थुले बोकी हिडेको झोला भित्र लुकाईछिपाई राखेको अबस्थामा लागु औषध, सिरिन्ज सहित पक्राउ गरी अनुसन्धान पश्चात २०७६।१२।०९ गतेकोआदेशले पुर्पक्षको लागी थुनामा गएको ।

२०७६।०७।१० गते बेथानचोक ०५ स्थित पीडितको आफ्नै घरकोठामा जबरजस्ती करणी गर्ने जित बहादुर तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात मिति २०७६।१०।२० गतेको पत्र आदेशले पुर्पक्षको लागि थुनामा गएको ।

२०७६।१०।०६ गते बनेपा ७ चारदोबाटो स्थित अरनिको राजमार्ग सडक खण्डमा बेबारिसे अबस्थामा महेन्द्र एण्ड महेन्द्र कम्पनीको नम्बर नखुलेको बलेरो पिकअप गाडी रु ११,००,००० बराबरको बरामद गरी आवस्यक अनुसन्धानको लागी भन्सार कार्यालयमा पठाईएको ।

कोभिड १९ का सम्बन्धमा

नेपालमा कोरोनाका कारण मृत्यु हुने पहिलो घटनामा नेपाल प्रहरीकै लागि पहिलो अभ्यास हुने सुत्केरी महिलाको शव व्यवस्थापनमा काभ्रे प्रहरीको अगुवाई परिपक्व मानिएको छ ।

नेपाल प्रहरीको साँगठनिक नेतृत्वबाट हुने गरेको निर्देशन र समन्वयले समेत काममा हौसला थपिने गरेको काभ्रे प्रहरी प्रमुख पौडेलको अनुभव छ । सफल देखिने परिणामका पछाडी एसपी पौडेलको स्प्रिटमा जिल्लाका सबै प्रहरीहरुको साथ, कामहरुमा शुन्य सहनशिलता, तथ्य र प्रमाणको आधारमा अपराध अनुसन्धान, कुनै पनि उजुरी तथा गुनासो नआउने गरी प्रहरी कर्मचारीले गरेको मेहनत तथा चुस्त छरितो रुपमा घट्नाहरुको अनुसन्धानका लागि २४ सै घण्टा तम्तयार जनशक्तिले काभ्रे प्रहरीलाई उदाहरणीय बनाएको छ ।