काठमाडौँ- सप्तरी घट्नापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक भर्खरै सम्पन्न भएको छ ।


ADVERTISEMENT


विपक्षी दलको मेची–महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ३ जनाको मृत्यु भएपछि कार्यक्रम स्थगित गरेर काठमाडौं आएका एमाले शीर्ष नेताहरुले बुधबार कांग्रेस र माओवादीका शीर्ष नेताहरुलाई भेटेका हुन् ।


ADVERTISEMENT

# # #


बालुवाटारमा बुधबार भएको भेटमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् ।
बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक सकिएलगत्तै बाहिरिने क्रममा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘हामीले सरकारलाई ध्यानाकार्षण गरायौं, सप्तरीमा जुन किसिमको घट्ना घट्यो, एमालेको अभियानलाई विथोल्न किन खोजियो सरकार कहाँ छ ?’ उनले आफूहरुले सत्तारुढ दललाई निर्वाचनको लागि आफ्नो दल प्रतिबद्ध रहेकोले कुनैपनि बहानामा निर्वाचन भाँड्न नहुने धारणा राखेको जनाए।

उनले प्रश्न गरे, ‘आजको बैठकमा काँग्रेस मौन देखियो, महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोको लागि चुनाव हो र ? मधेशका जनता चुनावमा जान आँतुर छन्, हामी तराईमा चुनाव जित्छौं, चुनावमा जानबाट मधेशी जनताहरुलाई किन रोकिँदैछ ?’ उनले तराई–मधेशमा आफ्ना कार्यालयहरुमा तोडफोड गरिएको र ज्यातती मच्चाईएको भन्दै तत्काल सरकारले उक्त ज्यादती नियन्त्रण नगरे आफूहरु पनि बाध्य भएर प्रतिकार उत्रने चेतावनी दिएको जनाए।

उनले आफूहरुको अभियान नरोकिने पनि जनाए। गौतमका अनुसार आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि मौन बसेका थिए। उनले भने, ‘काँग्रेस मौन छ, केही बोलेन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरुको कुरा सुनेपछि सबै पक्ष संयम भएर प्रस्तुत हुन जरुरी रहेको औंल्याउँदै मोर्चाले पनि भर्खरै ७ दिनको अल्टिमेटम दिएको बारे जानकारी दिएका थिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाले शीर्ष नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम लगायतका शीर्ष नेताहरु सहभागी थिए।। त्यस्तै गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठपनि सहभागी थिए।