काठमाडौँ – नेपाल आयल निगमले चुहावटको समस्यालाई अन्त्य गर्न बाटैमा चेल चुहावट गर्ने वा म्रिश्रण गर्ने चालहकहरुलाई कारबाहीको सुरुवात गरेको छ ।


ADVERTISEMENT


निगमले पेट्रोलमा मिसावट गर्ने ट्यांकरका चालकलाई पहिलोपटक कालोबजारी ऐनअनुसार कारबाही गर्न सिफरिस गर्दै त्यसको थालनी गरेको हो ।


ADVERTISEMENT

# # #


अमलेखगन्जमा तीन र थानकोट डिपोमा पेट्रोलमा हानिकारक पदार्थ मिसावट गरेको फेला परेपछि चारवटा ट्याकंरका चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन सिफरिस गरिएको निमगका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले हिमालय पोष्टलाई जानकारी दिए ।

उनका अनुसार अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयले ती चालकहरूलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गर्नेछ । यसअघि यस्तो मुद्दामा ६ महिनासम्म गाडी चलाउन निलम्बन र ट्यांकर मालिकलाई कारबाही गरिँदै आएको थियो ।

कारबाहीका लागि सिफारिस भएकाहरुमा अमलेखगञ्ज डीपोमा भेटिएका ना ७ ख ४०९३, ना ७ ख ३९२३, ना ७ ख १७५७ र थानकोट डीपोमा भेटिएको ना ४ ख ७२५६ नम्बरका ट्यांकर र त्यसका चालक रहेका छन् ।

जसमध्ये मलेखगञ्जमा मिसावट भेटिएको ना ७ ख १७५७ नम्बरको ट्याकंरका चालक सञ्जीवकुमार लामा फरार रहेका छन् भने अन्य ३ जना पक्राउ परिसकेका छन् । यस्तै थानकोट डिपोमा मिसावट भेटिएको ना ४ ख ७२५६ नम्बरका मालिक तथा चालक प्रमेशकुमार श्रेष्ठलाई कारबाहीका लागि जिप्रका काठमाडौँमा सिफरिस गरिएको निगमले जनाएको छ ।