काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


सोमबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । बिना अक्सिजन १० पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेका आङरिताको योगदान सदा स्मरणीय हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुस्खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।’

आङरिताको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ ।