काठमार्डौँ – नेपाल आयल निगमले पेट्रोलमा मिसावट गर्ने चार ट्यांकर चालकलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको छ । निगमले अमलेखगन्जमा तीन र थानकोट डिपोमा पेट्रोलमा मिसावट गरेको फेला परेपछि ती चारवटा ट्याकंरका चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको निगमका निर्देशक सुरेन्द्र पौडेलले हिमालय पोष्टलाई बताए ।


ADVERTISEMENT


ट्यांकर चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन लागिएको यो पहिलोपटक हो । यसअघि पेट्रोलमा मिसावट गरेको पाइएमा चालकलाई ६ महीनासम्म निलम्बन वा ट्यांकर मालिकलाई कारवाही गर्ने गरिएको थियो ।


ADVERTISEMENT

# # #


निगमको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले ती चालकहरूलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गर्नेछ आवश्यक प्रक्रिया पूरा गरेर कारवाही गर्नेछ ।