एजेन्सी – चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार देशले अनुमति दिएका छन् । खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको जनाएको छ ।


ADVERTISEMENT


बीबीसीकाअनुसार सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि सहमत भएका छन् भने अन्य दुई वटा देशले डेटा मागेका छन् । भ्याक्सिनको परीक्षण ५० हजारभन्दा बढीमा हुन लागेको हो । चीनले आफ्नो देशमा कोरोना संक्रमितको संख्या धेरै नभएको भन्दै अन्य देशसँग भ्याक्सिन परीक्षणका लागि अनुमति मागेको थियो ।


ADVERTISEMENT

# # #