काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । यसअघि वाणिज्य बैंकको ग्राहक खाता नम्बर १२ अंकको भएकोमा बैंकले खाता नम्बर परिवर्तन गरि १६ अंकको बनाएको छ ।


ADVERTISEMENT


एसएमएस सेवा लिएका ग्राहकलाई बैंकले मोबाइलमा नयाँ खाता नम्बर पठाएको छ । यसलगायत बैंकले मोबाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवाबाट नयाँ खाता नम्बर हेर्न सकिने बताएको छ ।


ADVERTISEMENT

# # #


बैंककाअनुसार प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम शाखाका सबै ग्राहकको खाता नम्बर परिवर्तन गरिएको हो । बागमती प्रदेशमा भने रसुवा, नुवाकोट, रामेछाप, सिन्धुली, र सिन्धुपाल्चोक जिल्लामा खाता नम्बर परिवर्तन गरिएको छैन ।