पोखरा – पोखरामा आजदेखि निशेधाज्ञा खुकुलो भएको छ । भदौ २ गतेदेखि १२ गते रातिसम्म लगाइएको निशेधाज्ञा खुलाउँदै जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबारदेखि यातायातमा जोर–बिजोर प्रणाली लागू गरी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै प्रकशासन कार्यालयले भदौ २० गते राति १२ बजेसम्म निजी सवारी साधन तथा टयाक्सी चलाउन दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


तर प्रशासनले यात्रुबाहक सार्वजनिक यातायात सञ्चालनमा भने रोक लगाएको छ । भदौ २० गतेसम्मका लागि होटल तथा रेस्टुरेन्टलेने साँझ ७ बजेसम्म ‘टेक–अवे’ सेवा दिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


प्रशासनले शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, शैलुन लगायतका सेवा तथा स्थलमा भने प्रतिवन्ध कायम राखेको छ ।
सरकारी कार्यालय, बैंक तथा वित्ती संस्था र उद्योगहरु यसअघि नै स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिइएको छ ।
शनिवारदेखि निशेधाज्ञा आंशिक खुलेकाले अवस्था हेरेर भदौ २० पछि अको निर्णय गरिने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।