काठमाडौँ – सरकारले काठमाडौँमा ५ हजार बेडको आइसोलेशन निर्माण गर्ने भएको छ । मंगलवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको उपस्थितिमा जमलस्थित होटल यल्लो प्यागोडामा भएको छलफलमा आइसोलेशन बेड निर्माणका लागि समिति गठन गरेको छ ।


ADVERTISEMENT


संघीय, प्रदेश र स्थानीय तीनै वटा तहका सरकारको साझेदारीमा आइसोलेशन बेड निर्माण गर्ने निर्णय भएको हो । समितिले आइसोलेशन बेड निर्माणका लागि ठाउँ खोजेर आवश्यक काम अघि बढाउने वैठकमा सहभागी काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।


ADVERTISEMENT

# # #


उनकाअनुसार तीन वटै सरकार मिलेर कम्तीमा ५ हजार बेडको आइसोलेसन बनाउने र त्यसका लागि आवश्यक काम सुरू गर्ने निर्णय भएको छ ।