काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । जसमध्ये २ जना महिला र १ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीय एक महिला र सर्लाहीका ३३ वर्षीय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– कोरोना अपडेट : थप ८१८ जनामा संक्रमण पुष्टि, २८१ जना डिस्चार्ज
– काठमाडौँ उपत्यकाका १६६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

यससँगै नेपालमो कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । यो कुल संक्रमितको ०.४७ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २८१ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या १८ हजार ६३१ जना पुगेको प्रवक्ता डा. गौतमले जनाएका छन् ।