काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज कोरोना कहरका बीच नेपाली नारीहरुले सप्तऋषिको पुजा आरधाना गरी मनाउँदैछन् ।


ADVERTISEMENT


 

बिहानै उठेर स्नानादि नित्यकर्म सकेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पीना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् । नेपालमा बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ । रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।


ADVERTISEMENT

# # #


 

काठमाडौँको पशुपतिनाथ मन्दिर, टेकू र मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा आजको दिनमा भिड लाग्ने गरेकोमा यसपटक कोरोनाभाइरसको महामारीका कारण जारी निषेधाज्ञाल यस्ता मन्दिरहरुमा सुनसान छन् ।

 

आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरी अरुन्धती, अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी पुजा आरधाना गर्ने गरिन्छ ।