काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १४२ जना, ललितपुरका २५ र भक्तपुरका १५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा नेपालमा ७०७ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा २६४ जना निको भएका छन् भने हालसम्म १७ हजार ९६४ जना उपचारपछि निको भएका छन् ।


ADVERTISEMENT

# # #


कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
इलाममा ४ जना, उदयपुरमा २ जना, ताप्लेजुङमा १ जना, पाँचथरमा १ जना, झापामा ७ जना, मोरङमा ४५ जना र सुनसरीमा २९ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा ४० जना, धनुषामा ३ जना, महोत्तरीमा १५ जना, पर्सामा ८० जना, रौतहटमा ११ जना, सप्तरीमा ५ जना, सर्लाहीमा २४ जना र सिरहामा १६ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
काठमाडौंमा १४२ जना, ललितपुरमा २५ जना, भक्तपुरमा १५ जना, चितवनमा २३ जना, दोलखामा १ जना, धादिङमा १ जना, नुवाकोटमा २ जना, मकवानपुरमा ३२ जना, रसुवा मा १ जना, र सिन्धुलीमा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश :
कास्कीमा १ जना, बागलुङमा ३ जना, पर्वतमा १ जना, मनाङमा २ जना, नवलपरासी (पूर्व)मा १९ जना र स्याङ्गजामा १ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५ :
अर्घाखाँचीमा १ जना, बाँकेमा २० जना, दाङमा ४ जना, कपिलवस्तुमा २ जना, गुल्मीमा १ जना, पाल्पामा १ जना, रोल्पामा १ जना, प्यूठानमा ६ जना, बदिर्यामा ६ जना र रुपन्देहीमा १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश :

कालीकोटमा १ जना, जुम्लामा ५३ जना, रुकुम (पश्चिम)मा ३ जना, दैलेखमा १ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :
अछाममा ३८ जना, कञ्चनपुरमा १४ जना, कैलालीमा ८५ जना, डडेल्धुरामा २ जना, डोटीमा ३४ जना र बैतडीमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी २९२ जना महिला र ५४६ जना पुरुष गरी ८३८ जनामा कोरोना पुष्टि भएको छ ।