काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तिज पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बिहीबार एक शुभकाना सन्देश जारी गर्दै देउवाले व्यक्तिगत र नेपाली कांग्रेस पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली महिलाहरुमा शुभकामना व्यक्त गरेका हुन् । उनले कोरोना भाइरस (कोभिड—१९)को जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राखेर तिज मनाउन अनुरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


‘तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ ।’ उनले भनेका छन्, ‘देश अहिले कोभिड—१९को महामारीबाट आक्रान्त छ । यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राख्दै तीज मनाउन म सबैलाई आग्रह गर्दछु ।’