काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २०० जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १७४ जना, ललितपुरका १८ र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा नेपालमा ७०७ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा २६४ जना निको भएका छन् भने हालसम्म १७ हजार ९६४ जना उपचारपछि निको भएका छन् ।

कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
उदयपुरमा ४ जना, तेह्रथुममा ९ जना, धनकुटामा १ जना, झापामा १ जना, मोरङमा ९ जना र सुनसरीमा १३ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा ८ जना, धनुषामा ३१ जना, महोत्तरीमा १५ जना, पर्सामा ५५ जना, रौतहटमा ६ जना, सप्तरीमा १६ जना, सर्लाहीमा ९३ जना र सिरहामा २१ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
काठमाडौंमा १७४ जना, ललितपुरमा १८ जना, भक्तपुरमा ८ जना, काभ्रेमा १ जना, चितवनमा १ जना, दोलखामा २ जना, धादिङमा २ जना, नुवाकोटमा ३ जना, मकवानपुरमा २५ जना, सिन्धुपाल्चोकमा १ जना र सिन्धुलीमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश :
गोरखामा १ जना, कास्कीमा १९ जना, बागलुङमा ८ जना, नवलपरासी (पूर्व)मा ३ जना, तनहुँमा २ जना र स्याङ्गजामा १ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५ :
बाँकेमा १६ जना, दाङमा ४ जना, कपिलवस्तुमा ३० जना, गुल्मीमा ३ जना, रोल्पामा १ जना, प्यूठानमा १ जना, बदिर्यामा २ जना र रुपन्देहीमा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश :
कालीकोटमा १ जना, जाजरकोटमा १ जना, रुकुम (पश्चिम)मा १ जना, सल्यानमा १ जना, दैलेखमा १९ जना, सल्यानमा १ जना र सुर्खेत १ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :
अछाममा ३१ जना, कैलालीमा १ जना, डडेल्धुरामा २ जना, डोटीमा १६ जना, दार्चुलामा १ जना, बझाङमा १ जना र बैतडीमा १ जना कोरोना संक्रमित थपिएका छन् ।