काठमाडौँ – अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोला सैनी बजारको बस्तीमा पस्दा ६ जनाको मृत्यु भएको छ भने १५ वेपत्ता भएका छन् । कैलाश खोला बस्तीमा पसेपछि २१ जना वेपत्ता भएका थिए ।


ADVERTISEMENT


तीमध्ये ४ जनाको शव बान्नीगढस्थित जयनगरको दर्नामा र २ जनाको शव मंगलसेन नगरपालिकाको लमतणा र सेरी क्षेत्रमा भेटिएको हो । बेपत्ता १५ को खोजी एवं उद्धारकार्य जारी रहेको दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिँहले बताए । प्रहरीकाअनुसार बाढीले २२ घर बगाएको छ ।


ADVERTISEMENT

# # #