काठमाडौँ – समरी जनरल सैनिक अदालतले सहायक रथी प्रयोग ज.ब.रा.सहित तीन नेपाली सेनाका अधिकारीहरुलाई सेवाबाट हटाउने फैसला गरेको छ ।


ADVERTISEMENT


आइतबार बसेको श्री समरी जनरल सैनिक अदालतले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको भन्दै सहायक रथी प्रयोग ज.ब.रा., महा सेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।


ADVERTISEMENT

# # #


सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका उनीहरुलाई उक्त कारबाही भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै उक्त अदालतले सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गरेको छ ।

अदालतले प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिएको छ ।

आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा प्रतिवद्ध रहेको नेपाली सेनाको दाबी छ ।