काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले सचिवालय बैठक बोलाएको छ । समसाममियक विषयमा छलफल गर्न नेकपाले सोमबार सचिवालय बैठक बोलाएको हो ।


ADVERTISEMENT


सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने बताइएको छ । पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न भन्दै नेकपाले पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा महासचिव विष्णु पौडेलसहित भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेका छन् ।


ADVERTISEMENT

# # #


कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको माग थियो । उनीहरुले शनिबार पनि अध्यक्ष पुष्‍पकमल दाहाललाई भेटेर सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

त्यसै अनुसार सचिवालय बैठक बस्न लागेको हो । साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन।