काठमाडौँ – एनआइसी एशिया लघुवित्त वित्तीय संस्था र लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । आइतवार यी दुई संस्थाका सञ्चालनक समितिबीच भएको आपसी छलफलपछि मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि यी दुई कम्पनीको शेयर कारोबार मर्जर प्रक्रियामा जानुपर्ने भएकाले यो प्रक्रिया नसकिएसम्म कम्पनीको नेप्सेमा शेयर कारोबार रोक्का भएको छ ।
एनआईसि एशिया लघुवित्तको चुक्तापूँजी रू. १ अर्ब ४८ करोड र स्वदेशी लघुवित्तको चुक्तापूँजी रू. २७ करोड ६० लाख रहेकोमा मर्जरपछि बन्ने कम्पनीको कुल पूँजी रू. १ अर्ब ७५ करोड हुनेछ ।