काठमाडौँ, फागुन २४ । प्रमुख विपक्षी दल नेकपा एमालेले सप्तरी घटनाको सम्पूर्ण जिम्मा संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले लिनु पर्ने बताएको छ ।


ADVERTISEMENT


घटनाप्रति आफ्नो धारणा व्यक्त गर्न आज धुमबाराहीस्थित पार्टी कार्यलयमा विशेष पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो ।‘अभियानमा सहभागी नेकपा (एमाले) का कतिपय कार्यकर्ताहरू ढुंगा लागेर घाइते भएका छन् र ५० भन्दा बढी गाडीमा क्षति पुगेको छ र आधा दर्जन मोटरबाइकमा आगो लगाइएको छ । यसो गर्नेहरूले सभ्य समाज, लोकतान्त्रिक मूल्य र मानव अधिकारका मान्यताको खिल्ली उडाएका छन् ।’


ADVERTISEMENT

# # #


एमाले महासचिव इश्वर पोखरेलले जारी गरेको प्रेस विज्ञप्तीमा, ‘उनीहरूको त्यस्तो क्रियाकलापको परिणाम मोर्चाको राजविराजमा तीन जनाको ज्यान गएको छ र कतिपय घाइते भएका छन् । राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसहरुको जघन्य अपराधिक प्रबृत्ति र कामको कारणबाट भएकोले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ ।’ भनिएको छ ।

राजविराजमा शीर्ष नेतृत्वको सामूहिक हत्याको प्रयास

एमाले महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा राजविराजको औद्योगिक क्षेत्रमा भएको आमसभा सकिएर राजमार्गतर्फ जाने बेला घेरा हालेर एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको दाबी गरिएको छ ।
‘सभा सम्पन्न भएर अभियानमा सहभागी पार्टीका नेता र कार्यकर्ताहरू राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हालेर आक्रमण गरेर नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत गरियो । यो नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्र्ण रूपमा सभा–सम्मेलनलगायतका गतिविधि गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला हो ।’ प्रेस विज्ञप्तीमा उल्लेख छ ।

घटनाको कारक गृहमन्त्री

आफ्नो मेची–महाकाली अभियानप्रति गृहमन्त्री निधिले बेला(बेला दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले उनीप्रति शंका उब्जाएको एमालेले बताएको छ । र, यो घटनामा मन्त्री निधिले नैतिक उन्मुक्ति पाउन नसक्ने बताएको छ ।

‘सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरी जिल्ला प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई फिर्ता बोलाउने गृहप्रशासनको निर्णयले अझ आशंका बढाएको छ । सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रबैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा उहाँले यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था छैन ।’ विज्ञप्तीमा भनिएको छ ।

साथै एमालेले राजविराज घटनाको निश्पक्ष छानबिन गर्न मानवअधिकार आयोगसमक्ष माग गरेको छ ।
सप्तरी घटनापछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरको थियो । फागुन २७ गतेबाट आफुहरुको अभियान कायम रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

उता उपेन्द्र यादव नेतृत्वका संघीय गठबन्धनले फागुन २७ गते सप्तरी घटनाको विरोधमा नेपाल बन्दको आव्हान गरेको छ ।