सप्तरी- सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० बर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए  । चारदिन अघि ज्वरो आएपछि उपचारका लागि अस्पताल पुगेका ती पुरुषको स्वाब लिईएको थियो ।


ADVERTISEMENT


हिजो साँझ स्वाब परिक्षणको रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्समा आइसोलेसन पुरयाउने क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनुभयो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


ADVERTISEMENT

# # #