काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ४ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्कीका १ जना पुरुष र पर्साकी १ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ बस्ने ७० वर्षीय एक महिलाको साउन २५ गते दिउँसो नेपालगञ्ज मेडिकल कलेजमा
उपचारका क्रममा मृत्यु भएको हो । साउन २३ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी उनी उच्च रक्तचापकी रोगी थिइन् ।


ADVERTISEMENT

# # #


यस्तै पर्साकी वर्ष ४५ वर्षीए एक महिलाको साउन २५ गते बिहान नारायाणी अस्थायी कोभिड विशेष अस्पताल गण्डक अस्पतालमा मृत्यु भएको हो । यस्तै काठमाडौँ महानगरपालिका १० मध्यबानेश्वर बस्ने ७६ वर्षीय १ पुरुषको साउन २६ गते बिहान मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । यस्तै काठमाडौँको कीर्तिपुर नगरपालिका ट्यांग्लाफाँट बस्ने ६४ वर्षीय एक पुरुषको साउन २६ गते बिहान मृत्यु भएको छ ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २३ हजार ३१० रहेको छ । आज मात्रै ३३८ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १६ हजार ४९३ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १४० जना उपचार पछि निको भएका छन् ।