काठमाडौँ – इन्डियन प्रीमियर लिग (आईपीएल)को शीर्षक प्रायोजन (टाइटल स्पोन्सर)मा बाबा रामदेवको पतन्जली आयुर्वेद कम्पनीले चासो देखाएको छ । पतन्जलीका एक अधिकारीका अनुसार कम्पनीलयुएईमा आगामी सेप्टेम्बरदेखि सुरु हुने आइपीएल २०२० को रिक्त टाइटल स्पोन्सरका लागि बोली लगाउने विचार गरेको छ ।


ADVERTISEMENT


यसअघि चिनियाँ मोबाइल निर्माता कम्पनी भिभो आइपीएलको टाइटल स्पोन्सर रहँदै आएको थियो । तर, पछिल्लो भारत–चीन पछि भारतीयहरुले चिनियाँ उत्पादन बहिष्कार गरेसँगै भिभोले आईपीएलको टाइटल स्पोन्सरबाट हात झिकेको थियो । भिभोको बहिगर्मन पछि खाली रहेको आइटाइटल स्पोन्सरका लागि पतन्जलीले चासो व्यक्त गरेको हो ।


ADVERTISEMENT

# # #


यसबारे पुष्टि गर्दै पतन्जलीका प्रवक्ता एस के तिजारावालाले भारतीय समाचार एजेन्सी पीटीआईसँग भनेका छन्, ‘हामी यसबारे विचार गरिरहेका छौँ ।’ यद्दपी उनले यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको बताए । यस कदमले पतन्जलीको हरिद्वारस्थित फर्मलाई ग्लोबल मार्केटिङको प्लेटफर्ममा पहुँच पुर्‍याउन मदत गर्ने र यसका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत पर्‍याउन सहज हुने पतन्जलीका अधिकारीहरुको अपेक्षा छ ।

पतन्जलीका प्रवक्ता तिजारावालाका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि यसमा चासो राखेको छ र १४ अगस्टमा यसको लागि प्रस्ताव पेश गर्न सक्नेछ । शीर्षक प्रायोजन आइपीएलको प्रमुख अर्थतन्त्रको स्रोत हो । जसको आधा रकम आइपीएलका सम्पूर्ण (८ वटा) फ्रेन्चाइजीलाई समान रुपमा वितरण गरिन्छ ।

भिभोले सन् २०१८ देखि २०२२ सम्मका लागि कुल २१ अर्ब ९० करोड अर्थात प्रतिवर्ष ४ अर्ब ४० करोड दिने गरी शीर्षक प्रयोजनको प्रतिस्पर्धा जितेको थियो ।

पतन्जलीको अनुमानित कारोबार करिब १० खर्ब ५० अर्ब रहेको छ ।