काठमाडौँ – जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले तिला गाउँपालिका–७ जुम्ला घोडेसिन गाउँबाट शनिबार बेलुका उनीहरूलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


घोडेसिन गाउँमा चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा हिमा गाउँपालिकाका–७ जुम्ला पातरखोलाका १५ वर्षीया सपना बुढा, सोही वडाका २९ वर्षीय नन्दबहादुर तिरुवा र सोरु गाउँपालिका–६ मुगु निवासी २९ वर्षीय रक्षक भनिने राजबहादुर भाम रहेका छन् । किशोरी सपनाको मुद्दा प्रक्रिया विषयमा अधिवक्ताको सल्लाह लिएर अनुसन्धान कार्य अगाडि बढाइने प्रनाउ धामीले बताए ।


ADVERTISEMENT

#
#


उनका अनुसार चन्दा सङ्कलनको रसिदलगायतका कागजातसहित उनीहरुलाई समातिएको हो ।

प्रतिकृया

प्रतिकृया