काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्कीका १ जना पुरुष र पर्साकी १ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १९ बस्ने ६२ वर्षीय पुरुषको साउन २४ गते राती उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा मृत्यु भएको छ । उनी मधुमेहका रोगी थिए ।


ADVERTISEMENT

# # #


यस्तै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २ बस्ने २० वर्षीय महिलाको साउन २४ गते बिहान नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डक पुर्‍याइएपछि उनलाई मृत घोषणा गरिएको थियो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९७२ रहेको छ । आज मात्रै ३८० जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १६ हजार ३५३ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४० जना उपचार पछि निको भएका छन् ।