काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३८०जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३७ वटा प्रयोगशालामा ८ हजार ५१५ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् भने ६ हजार ५४४ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हालसम्म १६ हजार ३५३ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कूल संक्रमितको ७१.१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ४० जना निको भएका छन् ।