काठमाडौैँ – प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


पार्टीका नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले शुक्रबार एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले कमसेकम पदको लाज जोगाउनु पर्ने टिप्पणी गरेका छन् । श्रेष्ठलाई ट्वीटरमा मेन्सन समेत गर्दै उनले ‘इनफ इज इनफ’ समेत भनेका छन् । पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि हुन नहुने उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले ट्वीटरमा भनेका छन्, ‘इनफ इज इनफ नारायणकाजी जी ! कमसेकम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् । पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् । मुलुक संवेदनशील मोडमा छ महसूस होस् ।’

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले आवाज उठाइरहेका छन् । उनीहरुले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ समेच भनेका छन् । तर, प्रधानमन्त्री ओलीले आफ्नै अडान राखिरहेका छन् ।

विवाद समाधानका लागि पटक पटक वर्ताको प्रयास गरे पनि समाधान निस्कन सकेको छैन । पार्टीको स्थायी समिति बैठक पनि पटकपटक स्थगित हुँदै आएको छ।