काठमाडौं – विश्व हिन्दू महासंघले भारतको अयोध्यामा राम भगवानको मन्दिर बनाउन गरिएको शिलान्यास गरेकोप्रति हर्ष प्रकट गरेको छ । बुधबार भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले उक्त मन्दिरको भूमि पूजा गरेका थिए ।


ADVERTISEMENT


हिन्दू धर्मावलम्बीहरुले मर्यादापुरुषोत्तमको रुपमा सम्मान प्रकट गर्ने भगवान श्रीरामको मन्दिर निर्माण शुरु भएकोमा विश्व हिन्दू महासंघकी महासचिव अश्मिता भण्डारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा खुशी प्रकट गरिएको हो ।


ADVERTISEMENT

# # #


‘मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मस्थल धार्मिक तथा आध्यात्मिक नगरी भारतको अयोध्यामा आज श्रीराम मन्दिर भूमि पूजनको सिल्यान्यास कार्यक्रम भारतका प्रधानमन्त्री सम्माननीय श्री नरेन्द्र मोदीज्यूबाट सु–सम्पन्न भएकोमा हामी संसारभरीका हिन्दु ॐकार परिवार हर्षित भएका छौं’ विज्ञप्तिमा भनिएको छ ।

श्रीराम मन्दिर संसारभरीका हिन्दूहरूको आस्थाको धार्मिक तीर्थस्थल बन्ने विश्वास गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अयोध्यामा निर्माण हुने श्रीराम मन्दिर संसारभरीका हिन्दूहरूको आस्थाको धार्मिक तीर्थस्थल बन्ने छ भन्ने हाम्रो अटल आस्था र विश्वास रहेको छ ।’

वैदिक सनातन हिन्दु धर्मले निर्माण गरेको आध्यात्मिक तथा धार्मिक सम्बन्ध कुनै पनि भौगोलिक र राजनीतिक नक्साभन्दा माथी रहेको भन्दै महासंघले मन्दिर निमार्णप्रति गौरवान्वीत भएको उल्लेख गरेको छ । नेपालमा हिन्दू राज्य पुनस्थापना गर्न संसाभरका हिन्दूहरूमा प्रेरणा मिल्ने समेत विज्ञप्तिमा जनाइएको छ ।