काठमाडौं – नबिल बैंकको नायव महाप्रबन्धक (डिजिएम) पदमा मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्ञवालीले सीएफओको कार्यभार सम्हाल्ने गरी नबिल बैंकको डिजिएममा नियुक्त भएका हुन् ।


ADVERTISEMENT


नवनियुक्त डिजिएम ज्ञवालीले बुधबार (आज) बाटै पदभार सम्हालेको बैंक स्रोतले जानकारी दिएको छ । बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको बैंकर ज्ञवाली यस अघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । उनले ज्योतिबाट बैशाख १५ गतेदेखि लागू हुनेगरी राजिनामा दिएका थिए ।


ADVERTISEMENT

# # #


ज्ञवालीले यस अघि ग्लोबल आईएमई बैँकमा पनि सीएफओको भुमिका रहेर काम गरिसकेका छन् । उनले दी इन्स्टिच्यूट अफ चार्टस एकाउण्टेन्ट अफ इण्डिया (आईसीएआई) बाट सीए उत्तिर्ण गरेका छन् ।