काठमाडौँ – भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–) संक्रमण पुष्टि भएको छ । आइतबार एक ट्वीट गर्दै अमित शाहले आफूमा कोरोना संक्रमण भएको पुष्टि भएका हुन् ।


ADVERTISEMENT


कोरोनाका शुरूआती लक्षण देखिएपछि परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् । उनले आफ्नो स्वास्थ्य ठीक रहेको र डाक्टरको सल्लाह अनुसार आफू अस्पताल भर्ना भएको पनि जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


उनले गत केही दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सेल्फ आइशोलेसनमा बस्न पनि अनुरोध गरेका छन् । अमितले ट्वीटरमा भनेका छन्, ‘कोरोनाका शुरूआती लक्षण देखिएपछि मैँले टेस्ट गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था ठीक छ । यद्यपी डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना हुँदैछु । मेरो अनुरोध छ कि तपाईमध्ये जो कोही केही दिनमा मेरो सम्पर्कमा आएको भए कृपया आफूलाई सेल्फ आइशोलेसनमा राख्नुहोला ।’

उनमा कोरोना देखिसँगै प्रसंसकले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।