काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जना ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि सिंहदरबार (बग्गीखाना)स्थित महाशाखा सिल गरिएको छ ।


ADVERTISEMENT


महाशाखाका प्रमुख एसएसपी भीम ढकालसहित ३७५ जना ट्राफिक प्रहरीलाई महाशाखाभित्रै क्वारेन्टिनमा राखिएको छ ।


ADVERTISEMENT

# # #


कोरोना देखिएका २ जनालाई भने उपचारका लागि अस्पताल पुर्‍याइएको मशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा रहेका ट्राफिक प्रहरीलाई खाने बस्ने व्यवस्था भित्रै मिलाइएको छ भने बाहिरबाट कसैलाई भित्र छिर्न दिइएको छैन । कार्यालय वरीपरि हिंड्ने प्रैदल यात्रुलाई समेत सम्झाईबुझाई गर्ने गरिएको छ ।

केहीदिन भित्र क्वारेन्टिनमा रहेका एसएसपी ढकालसहितका प्रहरी कर्मचारीको पीसीआर परीक्षण गरिने र नतिजा नेगेटिभ आए नियमित काममा फर्किने प्रवक्ता गौतमले बताए । ठूलो संख्यामा ट्राफिक प्रहरी क्वारेन्टिनमा बस्नुपरेपछि ट्राफिक व्यवस्थापनको काममा केही समस्या आएपनि कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई बढी व्यस्तहुने स्थानमा खटाइएको छ ।